विश्व

म्यानमाबाट ५० हजारभन्दा बढी अवैध विदेशी निर्वासित

म्यानमाले सन् २०२३ अक्टोबर देखि २०२४ अगस्ट सम्ममा ५० हजार भन्दा बढी अवैध विदेशीहरूलाई निर्वासित गरेको म्यान्माको सरकारी मिडिया मिररले बुधबार रिपोर्ट गरेको छ ।

यस अवधिमा २८ देश तथा क्षेत्रका जम्मा ५४ हजार ४३३ जनालाई विश्वब्यपी रुपमा निर्धारित प्रक्रियागत रुपमा निष्कासन गरिएको जनाइएको छ ।

मङ्लबार म्यानमा प्रहरी दिवसको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा म्यानमाको राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लाइङले पाँच छिमेकी देशसँग सीमा सम्पर्क कार्यालय ९बीएलओ० को सञ्जाल स्थापनाको उद्देश्य अग्रिम जानकारी प्राप्त गर्नु तथा सीमापार अपराधमा प्रभावकारी रूपमा लड्नु रहेको बताउनु भएको छ ।

समयमै सूचना आदान प्रदान गर्न सहज बनाउन बीएलओको बैठक गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *