काठमाडौँ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिंग गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको हो ।
बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेस कँडेलले ६ विकेट लिएका थिए । दिपेसले ९.५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए ।
त्यसैगरी दुर्गेस गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए ।




