जलश्रोत/उर्जा

कात्तिक चार गतेसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।

काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि उक्त सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्र पाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *