देश

चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ,राम्रा कुराहरुलाई लिएर अगाडि बढौं । कमजोरीलाई हटाउन सुरु गरौं । स्वास्थ्यकर्मी देशमा उत्पादन गरौं ।’

उनले देशमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो भन्ने बाहानामा युवा विदेशीने गरेको बताउँदै निश्चित मानिसको उद्देश्य पूरा गर्न राज्यलाई कमजोर देखाइएको दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *