खेलकुद

श्रीलंका फुटबलमाथि फिफाको प्रतिबन्ध हट्यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

फिफाले श्रीलंका फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाएको जानकारी गराएको हो ।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले यसै वर्षको जनवरी २१ मा श्रीलंकामाथि प्रतिबन्ध लगाएको थियो ।

फिफाको ब्यूरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि श्रीलंका फुटबलले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

श्रीलंका फुटबल संघको सन् २०२३ जनवरी १४ मा भएको चुनावलाई फिफा र एएफसीले मान्यता नदिएको भन्दै फिफाले पठाएको पत्रमा नयाँ विधानअनुसार चुनाव गर्नुपर्ने उल्लेख छ । फिफाको प्रस्तावअनुसार सन् २०२३ सेप्टेम्बर १६ मा श्रीलंका फुटबल संघको निर्वाचन गर्ने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *