काठमाडौँ । कोलोम्बिया र मोरक्को महिला फुटबल विश्वकपको राउण्ड १६ मा पुगेका छन् ।
विहिबार सम्पन्न खेलमा मोरक्कोले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेसँगै समुह एच बाट दुवै देश राउण्ड १६ मा पुगेका हुन् । कोलोम्बिया हारका बाबजुत समुह एचमा ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहदै राउण्ड १६ मा पुगेको छ । त्यस्तै मोरक्को ३ खेलमा ६ अंकसहितनै दोस्रो स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ ।
त्यसैगरी समुह एचमा रहेको जर्मनीलाई दक्षिण कोरियाले १-१ गोलको बराबरीमा रोकेपछि दुवैको विश्वकप यात्रा समाप्त भएको छ । जर्मनीको यो बराबरीपछि ३ खेलमा ४ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेर बाहिरिएको छ । त्यस्तै दक्षिण कोरिया भने यस अघि नै दुई खेलमा लगातार हार बेहोरेपछि बाहिरिएको थियो ।
योसँगै महिला विश्वकपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।




