काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ ।




