काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एशिया कप क्रिकेट २०२३ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बधाई ज्ञापन गरेकी छिन । क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले बद्याई दिएकी हुन । नेपाली क्रिकेट टिमको बलियो प्रतिस्र्धा देखेर अब नेपाली क्रिकेट टिमको विकासमा नयाँ ढोका खुलेको बताइन् ।
मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु सबैको लागि खुसी र गर्वको विषय रहेको बताउँदै उनले , मलेसियामा सञ्चालन भइरहेको टी(ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेकाले सफताको शुभकामना समेत व्यक्त गरिन् ।
‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने उनकाे भनाइ छ । ,भण्डारीले विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत नरहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको बताइन् ।




