खेलकुद

भुटानलाई पराजित गर्दै नेपाल ३ विकेटले विजयी

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन भने कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाउन सफल भए ।

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए । भुटानले यसअघि ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकेपछि भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाउन सफल भए । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट र कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिएका थिए

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *