खेलकुद

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् ।

पारसले २३ मत प्राप्त भए भने पियाले १४ मत पाएका थिए । १३ सदस्यीय कार्यसमितिमा पारससहित टिमबाट १२ जना निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *