खेलकुद

नेपाललाई सन्दीपले दिलाए पाँचौं सफलता

काठमाडौँ । आयरल्याण्डविरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ फाइनलमा नेपालले दिएको २६९ रनको लक्ष्य पछाएको आयरल्याण्डले पाँचौं विकेट गुमाएको हो ।

बलर सन्दीप लामिछानेले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । सन्दीपले ६० रन बनाएर खेलिरहेका ह्यारी टेक्टरलाई आउट गरेका हुन् ।

यस अघि नेपालका बलर करण केसीले अहिलेसम्म २ विकेट लिएका छन् भने किशोर महतो र गुलशन झाले एक एक विकेट लिएका छन् ।

आयरल्याण्डले अहिलेसम्म २६ ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *