काठमाडौँ । युरोकप छनौट खेल अन्तर्गत नर्वे स्कटल्याण्डसँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्कटल्याण्डले १-० गोल अन्तरले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । स्कटल्याण्डको जितमा लिन्डोन डिक्स र केनी म्याकलीनले एक एक गोल गरेका थिए । यसअघि नर्वेका लागि इर्लिंग हालाण्डले पेनाल्टीमार्फत गोल गरेका थिए ।
यो जितपछि समुह ए मा स्कटल्याण्डले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै नर्वेको भने ३ खेलमा ३ अंक छ र चौथो स्थानमा रहेको छ ।




