काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले फिफा यू–२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले इटालीलाइ निराश बनाउँदै उरुग्वे विश्कप बिजेता बन्न सफल भयो ।
उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलोपटक हो । उरुग्वे यसअघि दुईपटक फाइनलमा पुगे पनि विजेता बन्न सकेको थिएन ।
उरुग्वेको जितसँगै पहिलोपटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सीमित भयो। अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ र ब्राजिलले पाँचपटक जित हासिल गरेका छन् ।




