देश

ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान अघि बढाइँदै

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रियाका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । पक्राउपछि थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।

शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइएका अर्यालमाथि अनुसन्धान अघि बढाउन आवश्यक म्याद थपको प्रक्रिया सुरु गरिएको छ ।

सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अर्यालको संलग्नताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *