देश

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आज दिउँसो ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि चार प्रदेशमा भएको निर्वाचनको मतगणना आज दिउँसो ३ बजेपछि सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको मतगणना गर्न लागिएको हो।

निर्वाचन समितिले सूचना जारी गर्दै सम्बन्धित पदका सबै उम्मेदवारलाई निर्धारित समयमा मतगणनास्थलमा उपस्थित हुन आग्रह गरेको छ। चारै प्रदेशका केन्द्रीय सदस्यको मतगणना सुरु भएसँगै उम्मेदवारहरूको मतपरिणाम क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *