देश

कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्‍यो, असोज १८ गते उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ। यसअघि तय भएको मितिअनुसार हुन नसक्ने भएपछि महाधिवेशनको उद्घाटन २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।

विज्ञप्तिमा वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेको उल्लेख छ।
निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति परिवर्तन गरिएको कांग्रेसले जनाएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *