देश

सुदूरपश्चिममा नेकपाको सत्ता समीकरणबारे छलफल सुरु

काठमाडौं । नेकपाले सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण र बजेटबारे छलफलका लागि संसदीय दलको बैठक सुरु गरेको छ । एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री शाहलाई बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव अघि सारेको स्रोतको दाबी छ ।

मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र सत्ता सहकार्यको प्रस्तावअघि सारेपछि नेकपाले सहमती जनाउँदै आफुहरु सो गर्न तयार रहेको बताएका थिए । त्यसपछि मुख्यमन्त्री शाहले नेकपासँगको सहकार्य नै अन्तिम बिन्दु हुन सक्ने निष्कर्ष निकालेका छन् । एमालेले आर्थिक वर्ष २०८३८४ को बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । सोही विषयलाई लिएर कांग्रेस र एमालेबीचको विवाद चर्किएपछि दुवै दलको सत्ता सहकार्य अन्त्य भएको हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *