राजनीति

गृहमन्त्रीद्धारा संसदमा प्रतिपक्ष दलहरुमाथि दबाबको भाषा प्रयोग

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले शुक्रबारको संघीय संसदमा स्टन्ट देखाएका छन् । देशको गृहमन्त्री जस्तो गरिमामय पदमा आश्विन गुरुङले सन्र्दभ भन्दा बढी बाहिर गएर सत्ताप्रतिपक्ष दलहरुलाई पेल्न खोजे । एक्कासी भकानिए जस्तो देखिए । त्यसपछि रोष्टमबाट फर्केर रेष्ट रुममा गए । दुई मिनेटसम्म पनि त्यहाँबाट निस्किएर रोष्टममा नआएपछि कानुनमन्त्री सोविता गुरुङले सो कक्षमा पुगेर रोष्टममा आएर जवाफ दिन आग्रह गरिन् । त्यसपछि एक्कासी रोष्टममा उभिएर प्रतिपक्षदलहरुमाथि खनिए । उनले सुरुमै स्थानीय सरकार कसको छ भन्दै प्रश्न गरे । उनले भने,‘ ट्राफिक प्रहरीले ह्वि लक गरेका हैनन्,नगरप्रहरीले गरेको थियो । अझै पनि दुई तिहाई प्रदेश र स्थानीय तह तपाईँहरुकै हो । रास्वपा सरकार केन्द्रमा बहुमत होला ,अनि हामिलाई पेल्न खोज्ने भन्दै रनक्क रन्के गुरुङ ।

स्थानीय सरकार केन्द्र सरकार भन्दा अलग भएको तर समन्वयमा नभएको जस्तो अभिव्यक्ति दिए । त्यसअघि नेपाली कांग्रेस,एमाले, नेकपा ,राप्रपाका सांसदले गणेश नेपाली र प्रेमकुमार आचार्यको मृत्य राज्यको लापरबाही र कुर शासनका कारण भएको बताएका थिए । उनीहरुले राज्य गैरजिम्मेवार हुँदा गरिब ,निमुखा र मध्यमवर्गीय नागरिकहरुले दुःख पाएको बताएका थिए ।सो विषयलाई अन्यन्त्र मोड्ने उदेश्यका साथ गृहमन्त्री गुरुङले तपाईहरुका कारण देशमा यस्ता घटना घट्ने गरेको आसय उल्लेख गरे ।

उनले संविधान सबै सांसदलाई मैँले पढाउनुपर्ने भन्दै प्रश्न गरे । उनले आफूभन्दा ठूलो कोही नभएको जस्तो अभिव्यक्ति दिदैँ भने– हिजो गृहमन्त्रीलाई केही आउँदैन भन्थे आज आफैँले सविधान पढाउनुपर्ने बेला आयो । उनले अर्को प्रसंग पनि जोडे । विमानस्थल क्षेत्रमा बाटो राम्रो छैन्,त्यसको जिम्मा हामिले लिनुपर्ने हो ? हामी देश जलाउन आएका होइनौ,बनाउन आएका हौ, उनले भने । तर गत भदौ २३ र २४ गतेको जेनजी हिंशात्मक आन्दोलनमा गुरुङ नै अग्रपंतिमा टिओवी टिममा हिशां भड्काउन र केमिकलयुक्त पानी बाँड्ने विषयमा अग्रसर थिए

सोही कारण हिंशात्म आन्दोलन भएको थियो । सिंहदरबार,सर्वोच्च अदालत ,संसद भवनमा आगो लगाइएको थियो । आज गृहमन्त्रीको पदमा बसेर उनै गृहमन्त्री गुरुङ कांग्रेस र एमालेविरुद्ध प्रतिशोदको भाषा बोलिरहेका छन् । सो विषयमा समेत बारम्बार प्रश्न उठेको छ । २३ र २४ गतेको घटनाको प्रतिवेदन सच्याउन नेकपा एमालले राष्ट्रिय मानवअधिकार आयोगमा पत्रचार गरिसेको छ । आयोगले सो घटनासम्बन्धी राज्यपक्षलाई मात्र दोषी ठहर गर्दै आन्दोलन गर्ने र देशको धरोहरमाथि क्षेति पु¥याउनेको प्रतिवेदन सार्वजनिक गरेको थिएन् । सो विषयमा अहिले पनि बारम्बार प्रश्न उठ्ने गरेका छन् ।

बिहीबार राती गृहमन्त्री गुरुङ स्वर्गीय नेपालीलाई थप उपचारका लागि भारतको उदेश्यसहित विमानस्थल,वीर अस्पताल र अन्य निकायसँग व्यस्त देखिए । तर प्राविधिक कारणवस नेपालीलाई भारत लान सकिएन् । उनले संसदमा भने,‘ हामिले उनलाई बचाउन सकेको सबै संयन्त्र प्रयोग गरेकै हो । परराष्ट्र मन्त्रालयले भारतीय सरकारसमक्ष पनि पत्राचार गरेकै हो । तर संभव भएन् । उनले प्रतिपक्षका सांसदहरुलाई भने तपाईँ धेरै किचकिच नगर्नुहोस् । यस्तो मलाई ठिक लाग्दैन्, निर्मर्ला हत्या प्रकरणमा पनि राजनीति भयो ,हामी त्यसो गर्दैनौँ ।

बर्षौदेखि फोहोरको डंगुर एक दिनमा सोर्न सकिन्न,त्यो प्रयास हामिले गरेका छौ । गाडीमा कालो सिसा फाल्ने काम पनि हामिले गर्दैछौँ । सबै मिलेर एउटै डुङ्गामा यात्रा गरौँ ,तर पक्ष विपक्ष नबनौँ । यो देश सबैको हो, उनले भने । गृहमन्त्री गुरुङलाई एउटा डर थियो । सरकारको विपक्षमा सबै प्रतिपक्ष दल र नागरिकहरु सडकमा उर्तिसके ,अब संयमता अपनाउनै पर्छ । यो उनको मक्सत थियो । सकरार

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *