देश

त्रासरहित पत्रकारिताको वातावरण सुनिश्चित गर्न सरकारसँग रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चारगृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक परियारले रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।

उनले स्वतन्त्र र भयरहित पत्रकारिताको संरक्षण लोकतान्त्रिक व्यवस्थाका लागि अपरिहार्य भएको उल्लेख गर्दै पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने बताए।

सचेतक परियारले प्रेस स्वतन्त्रताको रक्षा आवश्यक भए पनि सञ्चारमाध्यमले पनि तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *