काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठक सुरु हुनै लाग्दा उनले प्रधानमन्त्रीलाई नियमअनुसार सदनमा उपस्थित गराउनुपर्ने माग राख्दै विरोध जनाएका थिए । उनले नियमावलीअनुसार प्रधानमन्त्रीलाई सदनमा बोलाउन वा आफूलाई सदनबाट निष्कासित गर्न सभामुखलाई आग्रह गरेका थिए ।
साम्पाङले सभामुखलाई नियम १५(२) अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउन नसके नियम ३१(१) लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्न आग्रह गरेका थिए ।
सभामुखले रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ बैठकबाट बाहिरिएका छन् ।




