…मतदाताले सार्वजनिक जवाफ मागेर उतरदायि बनाउनुपर्ने…
काठमाडौं । छोटो समयमै सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका, “पुराना दलको विकल्प” र “जान्नेले छान्ने” नारासहित उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले निरन्तर विवादको केन्द्रबिन्दुमा छन्। उनको राजनीतिक उभार जति तीव्र थियो, विवाद र आलोचनाको लहर पनि त्यत्तिकै तीव्र देखिएको छ। तर बहस केवल आरोप–प्रतिअरुपमा सीमित छैन। “मलाई थाहा थिएन” भन्ने वाक्यांशले सार्वजनिक उत्तरदायित्व र नेतृत्वको नैतिक परीक्षणको बहसलाई नयाँ आयाम दिएको छ।
१. नागरिकता विवाद : कानुन नजान्ने कि बेवास्ता ?
अमेरिकी नागरिकता लिएको, त्यागेको र नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रियामा कानुनी जटिलता देखिएको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतको फैसलापछि लामिछानेको सांसद पद खारेज भयो। उनको तर्क—प्रक्रियागत कमजोरी। आलोचकहरूले भन्छन्—संसद सदस्यको जिम्मेवारी कानुन बुझ्नु हो। सामाजिक सञ्जालमा “थाहा थिएन” भन्ने बचाउलाई व्यंग्यको विषय बनाइएको छ, जसले जनविश्वासमा ठूलो प्रश्न उठाएको छ। नागरिकता र पासपोर्ट प्रकरण सार्वजनिक भएपछि लामो बहसपछि लामिछानेले लाइन बसेर नै पुनः नागरिकता प्राप्तिको प्रक्रिया अघि बढाएका थिए । त्यसपपछि लामिछानेले नयाँ नागरिकता बनाएका हुन् । उनको भनाइ—प्रत्यक्ष संलग्न छैनन्, राजनीतिक प्रतिशोध हो। विपक्षीहरू भन्छन्—भ्रष्टाचारविरुद्ध उभिने नेताले अझ पारदर्शिता देखाउनुपर्छ।
२. सहकारी प्रकरण : धरौटी र नैतिक चुनौती
लामिछानेमाथि कास्की, काठमाडौं, चितवन र रुपन्देहीमा सहकारी ठगी प्रकरण दायर थिए। पाँच अदालतमा गरी ५ करोड २७ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भए। धरौटी दोषी नभएको प्रमाण होइन। तर संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपमा “थाहा थिएन” भन्ने बचाउले नैतिक उत्तरदायित्वमाथि प्रश्न खडा गर्छ। लामिछानेले जेनजी आन्दोलनपछि महान्याधिवक्ताको कार्यलयमा छलफल गरी मुद्धा दर्ता फिर्ता गर्ने सम्पति सुद्धिकरण र संगठित अपराधको मुद्धा फिर्ता लिइ मुद्धा संशोधनको प्रक्रिया अघि बढाएको थियो । महान्यायाधीवक्ता सविता भण्डारीले सो प्रक्रिया अगाडी बढाएपछि कानुन व्यवसायीहरुदेखि सबै राजनीतिज्ञहरुले आपत्ति जनाएका थिए । त्यसपछि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता हुने–नहुने विषयलाई लिएर न्यायिक र राजनीतिक क्षेत्र दुवैमा चर्को बहस सार्वजनिक भएको थियो । चौतर्फी आन्दोलनपछि जिल्ला अदालत रुपन्देहीले एउटा सन्देश दियो । यो निर्णय अब जिल्ला अदालतको हातमा छैन, अन्तिम अधिकार सर्वोच्च अदालतकै हो। महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्दै रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ता लिन स्वीकृति दिएपछि मानौँ कानुनी प्रक्रिया सकिएकोजस्तो चित्रण गरियो। तर रुपन्देही जिल्ला अदालतको पछिल्लो स्पष्टिकरणले त्यो कथ्यलाई ठाडै अस्वीकार गरेको छ। अदालतले सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनको टुंगो नलागेसम्म कुनै पनि निर्णय नहुने भन्दै सरकारी वकिलको निवेदनलाई ‘होल्ड’ मा राखेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरिसकेको छ । तर अहिलेसम्म भण्डारीमाथि नेपालको कानुन र अन्तरिम सरकारले छानबिन किन नगरेको हो चौतर्फी आलोचना भइरहेको छ ।
३. गृहमन्त्री कार्यकाल : नीति र पारदर्शितामा प्रश्न
गृहमन्त्री हुँदा विदेशी कम्पनीसँग भएका सम्झौतामा डाटा सुरक्षासम्बन्धी प्रश्न उठ्यो। “नेपालीको डाटा विदेशीलाई सुम्पियो” भन्ने आरोप सामाजिक सञ्जालमा फैलियो। मन्त्रालयले कानुनी आधारसहित आरोप अस्वीकार गर्यो। तर विश्लेषकहरूले भने अझै सो विषयमा प्रश्न उठाइरहेका छन् । सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै २०७९मा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अवैध क्रसरहरु बन्द गर्ने मन्त्रीस्तरीय निर्णय पनि गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको त्यो मन्त्रिपरिषद निकै विवादित बनेको थियो ।
४. जेन–जी आन्दोलन र ‘अदालत नचाहिने’ अभिव्यक्ति
जेनजी आन्दोलको फाइदा उठाउँदै जेलबाट लामिछाने फरार भए ।उनी मात्र भएनन् फरार,१४ हजारभन्दा बढी कैदीबन्दीहरु फरार भएका थिए । अहिले आधाभन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लियो, अन्यको खोजी कार्य जारी छ । जेलबाट नक्कली पत्र बनाएर लामिछानेको चौतर्फी आलोचना भयो । त्यसपछि कारागार फर्के । लामिछाने प्रधानमन्त्री भन्दै निस्किएका थिए । आन्दोलनपछि लामिछानेले “नागरिकले नै फैसला गर्नुपर्छ” भन्ने अभिव्यक्ति दिए। लोकतान्त्रिक पद्धतिमा न्यायिक प्रक्रिया नै अन्तिम निर्णायक हो। आलोचकहरु भन्छन, लामिछानेको यस्तो अभिव्यक्तिले संविधान र संस्थामाथि प्रश्न उठाउन छ । त्यसो भए अदातल र कानुनहरु किन बनाउनु उनीहरुको प्रश्न छ ।
५. संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तिम अधिकार सर्वोच्चमारुपन्देही जिल्ला अदालतले अभियोग फिर्ता हुने–नहुने विषय सर्वोच्च अदालतको अधिकारमा रहेको स्पष्ट पारेको छ। महान्यायाधिवक्ताले अभियोग संशोधन गरेपछि राजनीतिक र कानुनी बहस चर्कियो। यो मुद्दा केवल लामिछानेको होइन—“नयाँ राजनीति” र कानुनी शासनबीचको परीक्षण पनि हो।
६, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा धरौटी आदेश र अविर राजनीति
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि नयाँ बानेश्वरमा समर्थकले अविर दल्दै लामिछानेले खुशीयाली मनाएका थिए तर मुद्दा विचाराधीन अवस्थामै उत्सव मनाइनुले न्याय प्रक्रिया र पीडित पक्षप्रति संवेदनशीलता देखिएको कि राजनीतिक प्रदर्शन गरिएको भन्ने प्रश्न उठेको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो सो प्रकरणमा । अदालतको आदेश दोषमुक्ति होइन, कानुनी प्रक्रिया अघि बढ्ने आधार मात्र हो। तर त्यसलाई “विजय” का रूपमा प्रस्तुत गर्दै राजधानीमा अविर यात्रा गर्नुले न्यायिक प्रक्रियालाई नै राजनीतिक रंग दिने काम गरेको आलोचना भएको थियो ।
७, रवि लामिछानेका आफ्नै ड्राइभरको मृत्यु प्रकरण
विगतको उपनिर्वाचनताका लामिछानेका सवारी चालक दिलबहादुर थापाको छतबाट लडेर मृत्यु थियो । तर त्यो घटना साममुम पारियो । यस्तै रास्वपाको हालै चुनावी प्रचारसँग जोडिएका व्यक्तिको आकस्मिक निधनले सामाजिक सञ्जालमा आशंका जन्माएको छ। हालसम्म सार्वजनिक विवरणले ती घटना दुर्घटना वा स्वास्थ्य कारणसँग जोडिएका देखिए पनि, बारम्बार दोहोरिने यस्ता घटनाले स्वतः प्रश्न उठाएका छन्। राजनीतिक नेतृत्वसँग सम्बन्धित संवेदनशील घटनामा पारदर्शी र निष्पक्ष छानबिन अपरिहार्य हुन्छ। अन्यथा, अविश्वास र अफवाहले राजनीतिक वातावरण थप धुमिल बनाउने खतरा रहन्छ। गत २०८० साल बैशाख १० मा चितवन क्षेत्र नं २ मा हुन लागेको उप निर्वाचनको क्रममा रास्वपाका अध्यक्ष रवि लामिछानेको सवारी चालक दिल बहादुर थापाको लडेर निधन भयो । २०८० बैशाख १० गते लामिछाने बसेकै होटलबाट लडेका थापालाई बैशाख १९ गते मेडसिटी अस्पतालमा मृत घोषित गरिएको थियो । अहिले यही फागुन २१ गतेको निर्वाचन लक्षित प्रचारमा निस्केका रास्वपाका बरिष्ठ नेता बालेन शाहका प्रचार टिमका सदस्य तथा चलचित्र पत्रकार दिनेश सिटौलाको पनि निधन भयो । केही समयअघि रास्वापका बरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारका क्रममा एक्कासी लडेर ब्रेन ह्यामरेज भएपछि उपचारको क्रममा चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको थियो ।
रास्वपाको चुनावी दौडाहामा रहेका टोलीमाथि सुरक्षा चुनौति बढेको वा यस्ता घटना सयोगक के हुन ? गम्भिर छानविन गर्नेतर्फ ध्यान दिने हो कि ?८. सार्वजनिक छवि : विकल्प कि विरोधाभास?
उनको राजनीतिक ब्रान्ड ‘प्रतिसोधमुखी र आक्रामक र विवादित भएका कारण समर्थकहरू—उनी परिवर्तनका प्रतीक भनेर भिडमा जम्मा हुन्छन् । विरोधी—पुरानै संरचनाको प्रतिनिधि। “मलाई थाहा थिएन” अब राजनीतिक भाष्यको प्रतीक बनेको छ—नेतृत्वले निर्णय गर्छ कि जिम्मेवारीबाट टाढा बस्छ? रवि लामिछानेको राजनीतिक यात्रा अहिले दोहोरो मोडमा छ—एकातिर अदालतका प्रक्रिया, अर्कोतिर जनविश्वासको परीक्षा। अन्ततः प्रश्न एउटै रहन्छ—नेतृत्व केवल लोकप्रियता हो कि उठेका प्रश्नको स्पष्ट र उत्तरदायी जवाफ पनि हो? यसको फैसला दीर्घकालमा मतदाताले गर्नेछन्।
जेलेन्स्की शैलीमा रवि लामिछानेरु तुलना, प्रतीक र नेपाली सन्दर्भ राजनीतिमा कहिलेकाहीँ व्यक्तित्वहरू शैलीका आधारमा तुलना गरिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई केही समर्थकहरूले “जेलेन्स्की शैली” को नेता भनेर चित्रण गर्ने गरेका छन्।जेलेन्सीको शैलीमा रवि लामिछाने
१. सञ्चारकर्मीबाट राजनीतिमा लामिछाने आएको दशक भएको छैन, तर छोटोसमयमा नै विभिन्न स्टनटका कारण बढी चर्चा कमाएका छन् । तर उनको नैतिकताको वर्तमान र विगतको राजनैतिक इतिहास भने कम्जोर बादल लागेको छ । रवि लामिछाने लामो समय टेलिभिजन प्रस्तोता र खोज पत्रकारका रूपमा परिचित थिए। उनले पनि “पुराना दलको विकल्प” र भ्रष्टाचारविरोधी एजेन्डा बोकेर राजनीति सुरु गरे।टेलिभिजन पर्दामा भ्रष्टाचारविरुद्ध लड्ने आदर्श पात्रको छवि बोकेर राजनीति प्रवेश गरेका भोलोदिमिर जेलेन्स्की युक्रेनी जनताको ठूलो अपेक्षासहित सन् २०१९ मा राष्ट्रपतिको कुर्सीमा पुगे । शान्ति, सुधार र नयाँ राजनीतिक संस्कृतिको नारा दिएर सत्तामा आएका उनी केही वर्षमै युरोपकै सबैभन्दा विनाशकारी युद्धका मुख्य पात्र बने । आज युक्रेन ध्वस्त सहर, ध्वंस भएका उद्योग, लाखौँ विस्थापित नागरिक र अनगिन्ती मृत शरीरको देश बनेको छ । यस्तो भयावह अवस्थासम्म पुग्नुमा जेलेन्स्की नेतृत्व कति जिम्मेवार छ भन्ने प्रश्न अब टार्न नसकिने बनेको छ ।
नायक कि इतिहासको कठोर पात्र ?
आज युक्रेन खरानीजस्तै देखिनु कुनै एक देशको आक्रमण मात्र होइन ।यो अमेरिका–रुस शक्ति संघर्ष, नाटो विस्तारको राजनीति र जेलेन्स्की नेतृत्वले लिएको जोखिमपूर्ण बाटोको संयुक्त परिणाम हो । इतिहासले सम्भवतः यो प्रश्न बारम्बार दोहोर्याउनेछ— युक्रेनलाई बचाउने नाममा लडिएको युद्धले देश जोगायो, कि पूरै पुस्तालाई विनाशतर्फ धकेल्यो रु यसको उत्तर भावनात्मक भाषणले होइन, समयले दिनेछ—र त्यो निर्णय शायद जेलेन्स्कीका लागि कठोर हुनेछ । लामिछानेले पनि सडकमा भिड जम्मा गरेर विभिन्न विवादास्पद र उत्तेजित अभिव्यक्ति दिइरहेका छन् ।
२, ‘एण्टी–एस्टाब्लिसमेन्ट’ ब्रान्ड
जेलेन्स्कीले युक्रेनमा पुराना शक्तिकेन्द्रविरुद्ध सीधा चुनौती दिए। लामिछानेले नेपालमा स्थापित दलहरूमाथि प्रहार गर्दै नयाँ राजनीतिक संस्कारको वाचा गरे। दुवैको सन्देश सरल र भावनात्मक छ—“हामी फरक छौँ।” तर फरक के छ भने, जेलेन्स्कीले युद्धकालीन नेतृत्वमा राष्ट्रिय एकता र बाह्य संकटको सामना गर्नुपर्यो। लामिछानेले चुनौती आन्तरिक सुशासन, कानुनी विवाद र संस्थागत विश्वसनीयतामाथि फरक न्यारेटिभ्स खडा गरी आफुभन्दा ठूलो कोही नभएको धम्कीपूर्ण अभिव्यक्ति सामाजिक संजालमा दिन्छन्, उनले न त अदालतको आदेश, नत सुरक्षाकर्मी प्रहरीको आदेश र नत सरकारको आदेश मान्छन् । बारम्बार उनी प्रतिसोधको राजनीति गर्ने बाटो अघि बढ्छन् । यसले जुनसुकै युनिटमा द्वन्द्व निम्त्याउने खतरा बढाउँछ ।
३,संकटमा अभिव्यक्ति
जेलेन्स्कीको शैली दृढ, भावनात्मक र प्रत्यक्ष संवादमा आधारित छ। उनले संकटको समयमा “म यहाँ छु” भन्ने सन्देश दिएका थिए।
लामिछानेमाथि भने आलोचकहरूले उल्टो आरोप लगाउँछन्—नागरिकता, सहकारी वा नीतिगत विवादमा “मलाई थाहा थिएन” भन्ने बचाउले नेतृत्वको घमण्ड र सरकारमाथि आक्रमण गर्न सक्ने संकेत दिन्छ । यहाँ तुलना कमजोर हुन्छ। संकटमा स्वीकारोक्ति र स्पष्टता नै जेलेन्स्की शैलीको बलियो पक्ष मानिन्छ।४, लोकप्रियता बनाम संस्थागत परीक्षा
जेलेन्स्कीको लोकप्रियता राष्ट्रिय संकटमा नेतृत्व देखाएपछि बढ्यो। लामिछानेको लोकप्रियता भ्रष्टाचारविरोधी अभियान र जनआक्रोशमा आधारित छ। तर सहकारी प्रकरण, धरौटी शृंखला र अदालतसम्म पुगेका विवादहरूले उनलाई संस्थागत परीक्षणको कठघरामा उभ्याएको छ । लोकप्रियता र नैतिक विश्वसनीयता सधैँ एउटै कुरा हुँदैनन्—यहीँबाट तुलना जटिल बन्छ।
५. नेपाली सन्दर्भको यथार्थ
नेपालको राजनीतिक संरचना, न्यायिक प्रक्रिया र दलगत समीकरण युक्रेनभन्दा पूर्णतः फरक छ। जेलेन्स्कीले बाह्य आक्रमणको सन्दर्भमा नेतृत्व देखाए। लामिछानेले आन्तरिक सुशासन र कानुनी आरोपहरूको सन्दर्भमा आफ्नो विश्वसनीयता जोगाउनुपरेको छ। तसर्थ, शैलीगत समानता देखिए पनि सन्दर्भगत भिन्नता धेरै ठूलो छ। “जेलेन्स्की शैली” भन्ने उपमा आकर्षक राजनीतिक प्रतीक हुन सक्छ। सञ्चार पृष्ठभूमि, एण्टी–एस्टाब्लिसमेन्ट सन्देश र सीधा भाषण शैलीमा केही समानता देखिए पनि नेतृत्वको परीक्षण संकटको घडीमा हुन्छ। रवि लामिछानेले आफूलाई विकल्पको रूपमा प्रस्तुत गरेका छन् तर वास्तबिकता कम भेटिन्छ । तर जेलेन्स्की शैलीको नेतृत्व दाबी गर्न लोकप्रियता मात्र होइन—संकटमा पारदर्शिता, स्पष्टता र संस्थाप्रति प्रतिबद्धता पनि आवश्यक पर्छ। तुलना भन्दा पनि प्रश्न ठूलो छ—नेपाली राजनीतिमा नयाँ पुस्ताको नेतृत्वले कस्तो शैली र संस्कार स्थापित गर्छ? त्यसको उत्तर समय र मतदाताले दिनेछन्। निर्वाचनअघि मतदाताहरुले चुनावी सभामा लामिछानेलाई यस्ता सयौ प्रश्नहरु सोध्न र कानुनी र राज्यप्रतिको विश्वासमा जोड्न सिकाउनुपर्छ ।
हास्य कलाकारबाट राष्ट्रपतिमा निर्वाचित भएपछि भोलोदिमिर जेलेन्स्की कसरी युक्रेनलाई बनाए खरानी ?




