राजनीति

क्रियाशील सदस्यताको टुङ्गो नलागी महाधिवेशन संभव छैन् : केन्द्रीय सदस्य पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वमहामन्त्री किरणराज पौडेलले पार्टीभित्र महाधिवेशनको तयारीबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले कांग्रेसभित्र कुनै खटपट नभएको बताउँदै अहिलेको अवस्थामा नयाँ सोच र बहस हुनु स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरका छन् । कांग्रेस केन्द्रिय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा पौडेलले यस्तो बताएका हुन् ।

पौडेलका अनुसार, नेपाली कांग्रेस प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकाले आन्तरिक बहस र विचारविमर्शलाई सकारात्मक रूपमा लिनुपर्छ । “प्रजातान्त्रिक पार्टीमा बहस र छलफल हुनु सामान्य कुरा हो । अहिलेको बहस नयाँपन कसरी ल्याउने भन्ने चिन्तनमा केन्द्रित रहेको पौडेलको दाबी छ ।

महामन्त्री गगन थापालाई क्रियाशील सदस्यता नविकरणको जिम्मा दिए पनि अहिलेसम्म क्रियाशिल सदस्यता नविकरण गर्न नसक्नुले अर्को समस्या पैदा गरेको पौडेलको भनाइ छ । क्रियाशील सदस्यता वितरणको काम लामो समयदेखि सुरु भए पनि अझै ७४ जिल्लामा नविकरण कार्य बाँकी छ । क्रियाशिल सदस्यता वितरणको टुङ्गो नलागि कसरी महाधिवेशन हुन्छ ? धेरै जिल्लाको नवीकरण सम्पन्न हुन बाँकी छ,” पौडेलले थपे, “केन्द्रीय कार्यालय र केही जिल्ला कार्यालयहरुमा आगलागीका कारण अभिलेख व्यवस्थापनमा समस्या आएको छ ।”

पौडेलले पार्टीको विधानअनुसार २०८२ मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिदैँ भने, “हाम्रो माग र चाहना नियमित महाधिवेशन हो । विशेष महाधिवेशन नेतृत्व फेर्ने प्रक्रिया होइन, त्यसैले विधानअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पौडेलले हालको युवा पुस्ता, विशेषगरी जेनजी पुस्तालाई पार्टीमा संगठित रूपमा जोड्ने आवश्यकता औंल्याउँदै “जेनजी पुस्तालाई पार्टीमा ल्याएर सबै तहमा प्रतिनिधित्व गराएर लग्नु पार्टीको हितमा हुने बताए ।

नियमित महाधिवेशन समयमै सम्पन्न गरेर जेनजी पुस्ताको सहभागितासहित नयाँ नेतृत्व र नयाँ ऊर्जा सिर्जना गर्नु अहिलेको आवश्यकता हो । “क्रियाशील सदस्यता वितरण नै पहिलो काम हो, त्यसपछि मात्र महाधिवेशन सम्भव रहेको पौडेलको जोड छ । केन्द्रिय सदस्य पौडेलले नेपाली कांग्रेसभित्र कुनै आन्तरिक द्वन्द्व नभएको दाबी गर्दै नियमित महाधिवेशनको तयारीलाई तीव्र पार्न र बाँकी रहेका ७४ जिल्लाको सदस्यता वितरण छिटो पूरा गर्न समेत आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *