काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा गएराति सिंगापुर उपचारका सिंगापुर पुगेका छन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर पुगेका हुन्। सभापति देउवा र उनकी श्रीमती आरजु देउवाले स्वास्थ्य अवस्थाका कारण विमानस्थलमा ह्विलचेयरको सहरा लिनुप¥यो । उपचारमा संलग्न टोलीका एक जना चिकित्सकका अनुसार,सिंगापुर अस्पतालमा उपचारको लागि नाम लेखाएर जाने जोसुकै र जस्तोसुकै अवस्थाका बिरामीलाई पनि विमानस्थलदेखि नै ह्विलचियर प्रयोग गर्नु त्यहाँको स्वास्थ्य उपचार मापदण्डभित्र पर्छ ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा र उनकी श्रीमती आरजु देउवा विदेश भ्रमणका लागि गएका होइन्, चिकित्कको सल्लाह अनुसार स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएका हुन् । सभापति देउवा र आरजु देउवामाथि आक्रमण गर्ने नियतले सार्वजनिक रुपमा बारम्बार आक्रमण गर्नु आपतिजनक विषय भएको उनले बताए । नियमित स्वास्थ्य परिक्षण र जेनजी आन्दोलनमा घाइतेपछि उनी थप उपचारका लागि सिंगारपुर गएको कांग्रेस स्रोतले जनाएको छ ।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। सो घटनामा उनीहरू घाइते भएका थिए र तत्काल सेनाको अस्पताल, छाउनीमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो।
उक्त घटनापछि उनी लामो समय सार्वजनिक रुपमा सार्वजनिक नभएका सभापति देउवा असोज २८ गते मात्रै पार्टी बैठकमा सहभागी भएका थिए। सभापति देउवाले सो बैठकमा जेनजी आन्दोलनकारीले आफूमाथि गरेको आक्रमणको आपत्ति जनाउँदै सो घटनामा संलग्न भएकामाथि निष्पक्ष छानबिन गरी कारबाहीस् गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले का . वा सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्दै पार्टीको एकता, देशको विकास,संस्थागत प्रगति, लोकतान्त्रको रक्षा र संविधानको रक्षाका लागि एकजुट हुन आग्रह गरे ।
पार्टी स्रोतका अनुसार देउवाको स्वास्थ्यमा सुधार हुँदै गए पनि चिकित्सकहरूले विदेशमा थप परीक्षण र उपचार गर्न सुझाव दिएका थिए। त्यसैले उनीहरूले सिंगापुरमा छोटो अवधिको उपचार यात्रा तय गरेका हुन्। विदेशमा उपचारका लागि जानु कुनै नयाँ कुरा होइन—पूर्वप्रधानमन्त्रीहरूदेखि उच्च पदस्थ अधिकारीहरूले यसअघि पनि यस्तै गरेका छन्।




