राजनीति

जलेको मुख्यालय परिसरमै पाल टाँगेर महाधिवेशन तयारीमा एमाले

काठमाडौं । जेनजी आन्दोलनको क्रममा जलेको पार्टी मुख्यालय अझै मर्मत भइरहेको बेला नेकपा एमालेले त्यही परिसरमा पाल टाँगेर कामकाज पुनः सुरु गरेको छ। भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा भएको आगजनी र तोडफोडपछि पार्टी कार्यालय अस्थायी रूपमा सञ्चालनमा आएको हो। अहिले एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा हुने ११औं महाधिवेशन केन्द्रित तयारी तीव्र पारेको छ।

अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर काम सुरु गरेकाे पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए  । यहीँबाट महाधिवेशनका तयारी र नियमित कामहरू भइरहेको छ,” उनले भने । उनका अनुसार जलेको मुख्यालयमा हाल मर्मतसम्भारको काम भइरहेको छ र छिट्टै पुनः सञ्चालनमा ल्याउने योजना बनाइएको छ।

पार्टी स्रोतका अनुसार, अहिलेको ध्यान आगामी महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउनमा केन्द्रित गरिएको छ, जसका लागि विभिन्न तयारी समिति र उपसमितिहरू सक्रिय रूपमा जुटिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *