देश

शंकर पोखरेलको बालेनमाथि टिप्पणी : राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि तीव्र टिप्पणी गर्दै उनले राजनीतिक दलहरूलाई दोषारोपण गरेर आफू निर्दोष देखाउने प्रयास गरेको आरोप लगाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्य पार्ने प्रयास गलत भएको उल्लेख गर्दै भनेका छन्, “दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ।”

उनका अनुसार, विध्वंस र लुटपाटमा संलग्नलाई प्रहरीमार्फत कारबाही गर्न खोज्दा बालेनले गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाएका छन्। उनले थपे, “राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद छ।”

पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजन गर्न छुट दिन आग्रह गर्दै एमालेको पूर्ण सहयोग रहने पनि स्पष्ट पारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *