देश

जेनजी आन्दोलनले सीमित स्रोत–साधनमा काम गरिरहेका प्रहरीहरूलाई ठूलो चोट पुर्‍यायो : गृहमन्त्री अर्याल

काठमाडौं । गृह मन्त्रालयका प्रमुख ओमप्रकाश अर्यालले हालैको जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सीमित स्रोत–साधनमा काम गरिरहेका प्रहरीहरूलाई ठूलो चुनौती परेको बताएका छन् ।

शुक्रबार ७० औं प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा प्रहरी जवानहरूको ज्यान गुम्नु दुःखद भएको बताए । उनले आन्दोलनमा केही उच्छृङ्खल तत्वहरूको कारणले न केवल प्रहरी संगठन, बरु सम्पूर्ण नागरिक जीवन नै प्रभावित भएको उल्लेख गरे ।

“अभाव र दबाबका बीचमा पनि प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय छ,” मन्त्री अर्यालले भने, “नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षालाई मजबुत बनाउन निरन्तर योगदान दिइरहेको छ।”

उनका अनुसार प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँ स्वरूपहरू देखा पर्न थालेका छन्, जसले अनुसन्धान कार्यलाई अझ जटिल बनाएको छ । मन्त्री अर्यालले प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराई थप सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *