देश

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरुको अवधि सकिदैछ । फागुनको २० गते सकिदै छ । हामीले ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्छ । निर्वाचनको बारेमा हामीले रिपोर्टिङ गरी सल्लाह गर्यौं ।’

उनले राष्ट्रिय सभालाई गतिशिल बनाउन, बैठकमा लागि हलको विषय र राष्ट्रिय सभाका केही विधेयकहरुको विषयमा पनि छलफल गरिएको जानकारी दिए ।

अध्यक्ष दाहालले सभा हल निर्माण गर्न सरकार र संसद सचिवालय लागि परेको भन्दै हल निर्माण पछि छिट्टै सदन खुलाउने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *