देश

कांग्रेस पदाधिकारी बैठक खड्काको अध्यक्षतामा बस्ने, सभापति देउवा नआउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको हो।

बैठक ललितपुरस्थित एक होटलमा दिउँसो १ बजेका लागि तय गरिएको छ। जेनजी आन्दोलनपछि देउवा पार्टीका प्रत्यक्ष बैठकहरूमा सहभागी भएका छैनन्, तर उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट छलफल गर्दै आएका छन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमणमा देउवा र उनकी पत्नी आरजु राणा घाइते भएका थिए। आगजनीपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्, तर उनीहरूको वर्तमान बसोबास स्थान खुलाइएको छैन।

आजको बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डामाथि छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *