काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूले गैरकानूनी रूपमा उपभोग गरिरहेको सुविधा फिर्ता गराउने अभियान सुरु गरेका छन् ।
यसै क्रममा पूर्वसभामुखहरू कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको जानकारी अर्थमन्त्री खनालले दिएका छन् ।
अर्थ मन्त्रालयले कानूनमा व्यवस्था नभए पनि राज्यकोषबाट सुविधा लिइरहेका राजनीतिक र कर्मचारी पूर्वपदाधिकारीहरूमाथि निगरानी तीव्र बनाएको जनाएको छ ।




