काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त गरिएको छ। यससँगै जनसम्पर्क सल्लाहकारको जिम्मेवारी गोविन्दनारायण तिमल्सिनालाई दिइएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका सल्लाहकार नियुक्तिका विषयमा जानकारी दिँदै सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले पदाधिकारीहरूको नियुक्ति औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
खनाल मुख्य सल्लाहकारको जिम्मेवारी लिँदै प्रधानमन्त्री कार्कीलाई नीति निर्माण, रणनीति तथा महत्वपूर्ण निर्णयमा परामर्श दिने छन् भने तिमल्सिना जनसम्पर्क तथा सञ्चार समन्वयका काममा संलग्न हुनेछन्।




