काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोडका घटनाबारे शंका व्यक्त गरेकी छिन्। पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्ता गतिविधि आकस्मिक नभई योजनाबद्ध षड्यन्त्रजस्तो लाग्ने टिप्पणी गरिन्।
“यो त कुनै ‘प्लान बी’ जस्तो देखिन्छ, षड्यन्त्रै हो कि भन्ने शंका लागेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले आन्दोलनको आडमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि व्यापारिक कम्प्लेक्ससम्ममा भएको आगजनी राष्ट्रका लागि लज्जास्पद भएको बताइन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन अघि बढाइने उनको भनाइ छ।




