देश

जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख दिने

काठमाडौं। सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले केहि बेरअघि पदभार ग्रहण गर्दै मृतकलाई शहीद घोषणा गरेर जनही १० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेका हुन् ।

त्यस्तै घाइतेहरुको सरकारले निः शुल्क उपचारको व्यवस्था गरिने मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । २३ र २४ गते भएको जेनजी आन्दोलनमा परेर हालसम्म ७२ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ ।

आन्दोलनकारीतर्फ ५९ जना र प्रहरीतर्फ ३ जना शहीद भएका छन् । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *