देश

अन्तरिम सरकारबारे जंगीअड्डामा सेनापति सिग्देल र पूर्वप्रधानन्यायाधीसबिच उच्चस्तरीय छलफलको तयारी

काठमाडौं । अन्तरिम सरकार गठनको विषयलाई लिएर जंगीअड्डामा उच्चस्तरीय राजनीतिक–सैन्य परामर्श हुने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल गर्न तयारी भइरहेको स्रोतले जनाएको छ।

जेनजी आन्दोलनको प्रस्तावमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने माग उठेपछि सेनापतिको सक्रियतासहित राष्ट्रपति र कार्कीबीच त्रिपक्षीय संवाद गर्न लागिएको हो। स्रोतका अनुसार, छलफलपछि अन्तरिम सरकारको संरचना र नेतृत्वको स्वरूपबारे प्रारम्भिक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। यसअघि सेनाले व्यवसायी दुर्गा प्रसाईसँग पनि छलफल गरेको थियो।

काठमाडौं महानगर प्रमुख बालेन शाहको समर्थनमा जेनजीहरू कार्कीको नाम अघि सारिरहेका बेला धरान मेयर हर्क साम्पाङ र उनको समूह भने कार्कीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। यो छलफलबाट अन्तरिम सरकार गठन प्रक्रियामा नयाँ टुंगो लाग्ने कि आन्तरिक मतभेद अझै बढ्ने भन्ने कुरामा सबैको नजर केन्द्रित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *