काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हताहतीप्रति चासो व्यक्त गर्दै सत्तारुढ नेपाली कांग्रेसले आकस्मिक बैठक आह्वान गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आज अपराह्न ५ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने तय गरिएको छ।
बैठकमा आन्दोलनका कारण सिर्जित स्थिति, सरकारको निर्णय तथा पार्टीको धारणाबारे विस्तृत छलफल हुने जनाइएको छ। यसअघि सभापति देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छुट्टै छलफल गरेका थिए। सो छलफलपछि उनले पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएर बैठक डाकेका हुन्।




