देश

संसदीय समितिद्वारा संसद् भवनको आकस्मिक अनुगमन, काम ढिलाइ भएको गुनासो

काठमाडौं । संसदीय समितिले निर्माणाधीन नयाँ संसद् भवनको अनुगम गरेको छ । बिहीबार सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद् भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो ।

अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने सङ्केत नदेखिएको उनको भनाई छ । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे ।

यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाइ छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *