राजनीति

झलनाथ–घनश्याम समूह अलग्गै छलफलमा , पार्टी बैठकको एजेन्डा तयमा केन्द्रित

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल–घनश्याम भट्ट पक्षीय नेताहरूले छुट्टै छलफल सुरु गरेका छन्। नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा जारी बैठकमा प्रमुख पार्टी एजेन्डा तय गर्ने विषयमा केन्द्रित भएको छ।

बैठकको मुख्य उद्देश्य आगामी केन्द्रीय कमिटी र स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तयार गर्नु रहेको पार्टी स्रोतहरूले जनाएका छन्। बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, साथै केन्द्रीय सदस्य सुशील भट्टराई र मनाकुमारी साउद सहभागी छन्।

पार्टीलगत स्रोतका अनुसार सहभागी नेताहरूले यस छलफललाई अनौपचारिक भनेका छन्। पछिल्लो समय अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच असमझदारी बढेको देखिएको छ। सार्वजनिक रूपमा एकअर्काका अभिव्यक्तिको खण्डन गर्ने घटनाहरूले पार्टी भित्रको तनावलाई थप स्पष्ट पारेको छ।

विश्लेषकहरूले यो छलफलले आगामी पार्टी निर्णय र नीति निर्माण प्रक्रियामा प्रभाव पार्न सक्ने औंल्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *