देश

संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सम्पन्न, प्रतिवेदन तयार हुँदै

काठमाडौं । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सम्पन्न भएको छ।

प्रतिनिधि सभाबाट पारित भइसकेको सो विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु गरिएको थियो। छलफल सम्पन्न भएसँगै समितिकी सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउँसो २ बजे प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइन्।

उनका अनुसार, केही दफा र उपदफामा टुंगो लाग्न बाँकी भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने बेलासम्म ती विषयहरूमा सहमति जुटाइनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *