देश

सिंहदरबारमा सरकार–उखु किसान वार्ता, अनुदान भुक्तानीमा के होला सहमति ?

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारले सिंहदरबारमा वार्ता सुरु गरेका छन्। वार्तामा प्रत्यक्ष रूपमा कृषि मन्त्री रामनाथ अधिकारी स्वयं सहभागी भएका छन्।

आइतबारदेखि तराईका १३ जिल्लाबाट आएका ६ सयभन्दा बढी किसान काठमाडौंमा आन्दोलनरत छन्। उनीहरूको दबाबपछि सरकारले मंगलबार अनुदान बापतको रकम निकासा गरेको थियो। अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ छुट्याएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो रकम किसानको बैंक खातामार्फत भुक्तानी हुने जनाएको भए पनि किसानहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा, वास्तविक अनुदान रकम नदिई प्रति क्विन्टल ३५ रुपैयाँ मात्र कटौती गरिएको रकम भुक्तानी भएको छ।

सरकार र किसानबीच सुरु भएको वार्ताले किसानको आन्दोलन समाधानतर्फ पुग्ने वा अझ तीव्र बन्ने भन्ने विषयमा अहिले चासो बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *