राजनीति

म एमालेकै कार्यकर्ता बनेर काम जारी राख्छु : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा आफू एमालेकै सक्रिय कार्यकर्ता बनेर काम गर्न चाहेको र निरन्तर काम गरिरहने प्रतिवद्धता दोहोर्‍याएकी छन्।

कार्यक्रममा बोल्दै भण्डारीले भनिन्, “पार्टीले मलाई रोक्न खोजे पनि मर्म र भावनाअनुसार जनताको बहुदलीय जनवादलाई अघि बढाउँदै काम गर्छु। नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ। त्यसको मर्म अनुसार काम भयो कि भएन समीक्षा गर्नुपर्छ।”

उनले ठूला दलहरूले राजनीतिक प्रणालीलाई अपेक्षित गतिमा अघि बढाउन नसकेको, अर्थतन्त्र र वैदेशिक ऋण बढ्दै गएको, व्यापार घाटा र राष्ट्रिय पूँजीको विकास नहुने अवस्था दुःखद भएको उल्लेख गरिन्।

भण्डारीले सिमित पदका लागि मात्र राजनीति गर्न नहुनेमा जोड दिँदै पार्टीभित्र लोकतान्त्रिक प्रणाली कमजोर रहेको टिप्पणी गरिन्। उनका अनुसार, “एउटा राजनीतिक प्रणालीलाई जसरी अघि बढाउनु पर्ने हो त्यसरी अघि बढाउन सकेका छैनन्। मैले भने भने एमालेलाई आलोचना गरेजस्तो लाग्न सक्छ। तर एमाले अग्रज पार्टी भएकाले विचार पुर्‍याउनुपर्छ।”

पूर्वराष्ट्रपतिले मधेसमा पिउने पानीको पहुँच, युवाहरूका लागि रोजगारी र उद्योगधन्दाको विकास जस्ता विषयमा दलहरूले गम्भीरता देखाउनुपर्ने पनि औँल्याइन्। उनले थपिन्, “युवाहरूमा बढेको निराशा दलहरूले चिर्न सक्नुपर्छ, र ठोस कदम चाल्नुपर्छ।”

भण्डारीको यो अभिव्यक्तिले पार्टीभित्र आलोचना र सुझावलाई खुला रूपमा अघि ल्याउने संकेत मात्र नभई, भविष्यमा आफू पार्टीको सक्रिय सदस्यको रूपमा चुनौती र जिम्मेवारीमा संलग्न रहने प्रतिबद्धता पुष्टि गरेको देखिन्छ।

मदन भण्डारी फाउन्डेशन–ओलीको वैचारिक संघर्षसँग जोडिएको राजनीतिक पहल : एमाले उपाध्यक्ष पोखरेल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *