देश

 बहुमतको नाममा जे पनि गर्न सकिँदैन : महामन्त्री थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतका आधारमा मनलाग्दी गर्न दलहरूलाई छुट नहुने बताएका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै थापाले सत्तामा पुग्ने कुरा सशर्त हुने र आधारभूत मूल्य–मान्यतासँग सम्झौता गरेर पाएको सत्ता टिकाउ नहुने स्पष्ट पारे।

“चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक मान्नुपर्छ तर त्यही सबै कुरा होइन। सत्ता निशर्त होइन, सशर्त हो। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त सत्ता कुनै अर्थ राख्दैन,” थापाले भने।

उनका अनुसार कांग्रेसको आस्था, सिद्धान्त र मूल्यमान्यता सत्ताभन्दा माथि छन्। “त्यो मूल्यसँग सम्झौता गरेर सत्तामा टिकिराख्ने कुरा हुँदैन,” उनले जोड दिए।

यस्तै, थापाले संख्यात्मक बहुमतका आधारमा गरिने निर्णय कानुनी रूपमा वैधानिक भए पनि सबैले स्वीकार नगरेसम्म त्यस्तो निर्णय वैध ठहरिन नसक्ने टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *