काठमाडौं । भिजिट भिसा प्रकरणलाई आधार बनाएर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको छ । आज ९मंगलबार० राजनैतिक वृतमा सोही विषयको चर्चा परिचर्चा र टिप्पणी समेत भए । विभिन्न मिडियाले समेत सो विषयमा प्रष्ट खुलाइसकेका छन् । सत्तापक्षले बारम्बार संसदमा भिजिट भिषा प्रकरणमा राणालाई लुकाइरहेको रास्वपालाई चुनौती दिनकै लागि सो विषय अगाडी बढाएको स्रोतको दाबी छ । यसभन्दा अगाडी राणाको राजीनामा नमागिएको भने होइन् तर उनले सरकारभन्दा आफू ठूलो भएको घमण्ड गर्दै सरकारसँग लडन् खोजेपछि उनललाई सरकारले विभिन्न संवैधानिक मार्ग प्रयोग गरेर हटाउने तयारी गरेको हो ।
उपसभामुख रानाले २०२३ मा अमेरिकाको एक कार्यक्रममा सहभागी हुन भन्दै केही असम्बन्धित व्यक्तिका लागि दूतावासलाई सिफारिस पत्र पठाएकी थिइन्। यो कदमले उनको आचरणमाथि प्रश्न उठेको हो। सरकारले सोही समयमा उनीमाथि नैतिकताको प्रश्न उठाएको थियो । महाअभियोगको तयारी पनि यसअघि नै गरेको थियो । तर बहुमतका कारण सो अप्रेशन अगाडी बढ्न सकेन् । सरकारले उनीमाथि कारबाही नगर्ने भन्दै बसेको थियो । तर रास्वपाले दुईमहिनाअघि देखि भिजिट भिषाप्रकरणमा जोडिएकामाथि कारबाही गर्न बारम्बार सरकारलाई दबाब दिदैँ आएको थियो । त्यसपछि विवादलाई समाधान गर्न कै लागि सरकारले सो प्रक्रिया अघि बढाएको हो छ ।
संसदीय शिष्टाचार र संवैधानिक मर्यादामा चुकेको प्रश्न उठाइए पनि सत्ता गठबन्धनको असली उद्देश्य संवैधानिक परिषद् विवादरहित व्यक्ति नियुक्ती गर्नु हो । कांग्रेस एमालेबिचमा विवादित छवि गरेका सांसदहरुलाई हटाउने सहमति यसअघि नै भइसकेको छ । सोही अनुसार प्रक्रिया अगाडी बढ्दै जान थालेको बुझिएको छ । परिषद्मा बहुमत नपाउँदा संवैधानिक निकायहरू लामो समयदेखि रिक्त छन्।
कांग्रेसभित्रै यसबारे असन्तुष्टि छ। शेखर कोइराला समूहले कारण नखुलाई ‘खाली कागजमा’ हस्ताक्षर गर्ने शैलीको विरोध गर्दै असहमति जनाएको छ। यसले यो निर्णय दलभित्रै विवादास्पद रहेको प्रमाणित गर्छ। नेपाली कांग्रेस संस्थापन पक्षले हस्ताक्षर संकलनमा सरकारलाई पूर्ण सहमति गरेको छ भने कांग्रेस संस्थापनइतर समुहले हस्ताक्षर संकलनमा विरोध जनायो । सो विषयले आगामी दिनमा कांग्रेससंस्थापन पक्षलाई निकै आफ्ठ्यारो पर्ने संस्थापन पक्षले जनाउँदै आएको छ ।
विपक्षी दलहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ र ‘लोकतान्त्रिक अभ्यासमाथि प्रहार’ भन्दै कडा विरोध गर्ने चेतावनी दिएका छन्। माओवादी केन्द्र र रास्वपाले यसलाई सशक्त ढंगले सदनमा उठाउने तयारी गरेका छन्। तर विपक्षी दलहरुले पनि आफ्नो स्वार्थका लागि मात्र सो कुरा बताउँदै आएका हुन् । विवादित व्यक्तिलाई बचाउने र अफ्ठ्यारो पर्दा सत्तापक्षलाई पेल्न कै लागि विपक्षी दलहरुले सो अभिव्यक्ति दिएका हुन् ।
अमेरिकाबाट उपसभामुखको जवाफ :सो प्रकरण प्रमाणित भए जेल जान तयार छु
अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानालाई बारम्बार फोन र म्यासेज नेपालबाट जान थालेपछि उनले सो विषयमा पुष्टि गर्न सरकारलाई चुनौती दिएको स्रोतले जनाएको छ । सो विषयमा प्रमाणीत गरे आफु जेल जान तयार रहेको उनको दाबी छ । उनले विभिन्न कुरा उल्लेख गर्दै सामान्य विषयमा सरकाले विरोध जनाएको उल्लेख समेत गरिन् । उनी भाद्र १३ गते अमेरिकाबाट नेपाल फर्कने बताएकी छिन् । उनले नेपालको वर्तमान राजनीतिक घटनाक्रमका विषयमा नेपाली कांग्रेसका नेता डा. शेखरकोइरालासँग फोनवार्ता भएको बताएकी छिन् । डा. कोइरालाले उनलाई फोन गरेर नेपालमा सो विषयमा हस्ताक्षर संकलन जारी रहेको सुनाएको उनको भनाइ छ ।




