काठमाडौं । आगामी १७ कात्तिकमा हुने रुपन्देही–३ उपनिर्वाचनको तयारी र चुनावी वातावरण बुझ्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज फिल्ड भिजिटका लागि काठमाडौंबाट रवाना भएका छन् । कांग्रेस स्रोतका अनुसार, महामन्त्री शर्मा स्याङ्जा हुँदै भोलिसम्म रुपन्देही पुग्ने कार्यक्रम रहेको छ। उनी केही दिन त्यहाँ रहेर निर्वाचन क्षेत्रको भौगोलिक, सामाजिक र राजनीतिक अवस्था अध्ययन गर्नेछन्।
यसअघि कांग्रेसले उक्त निर्वाचन क्षेत्रबारे बालकृष्ण खाँण, रामकृष्ण खाँण, र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहितका पदाधिकारीहरूसँग बैठक गरेर विस्तृत ‘व्रिफिङ’ गरेको थियो।कांग्रेसले यस फिल्ड भिजिटमार्फत स्थानीय मतदाता र राजनीतिक गतिशीलताको प्रत्यक्ष जानकारी लिने र आगामी चुनाव रणनीति परिमार्जन गर्ने योजना बनाएको बताइएको छ।




