देश

सहकारी घोटालाको मुख्य अभियुक्त रवी लामिछाने नख्खु जेलमा, पीडित अझै अन्योलमा

काठमाडौं । सहकारी संस्थाका हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा चर्चामा आएका विवादास्पद अभियुक्त रवी लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौं ल्याएर ललितपुरको नख्खु जेलमा राखिएकोा छ ।

लामिछानेले काठमाडौं, चितवन, कास्की, रूपन्देही र पर्सा जिल्लाका विभिन्न सहकारी संस्थाबाट ऐन विपरीत अर्बौं रुपैयाँ ऋण लिएर नतिरेको, आफ्नो व्यवसायिक संस्थालाई जथाभावी ऋण प्रवाह गरेको र हजारौँ बचतकर्ताको पूँजी डुबाएको आरोप छ। उनले जमानी विना ऋण निकासा गर्ने जस्ता गैरकानुनी अभ्यासलाई संस्थागत गर्दै सहकारीलाई ध्वस्त बनाएको अभियोग लागेको छ। तर लामिछानेका समर्थक र रास्वपाले अभियुक्तm रविको बचाउका लागि हजारौँ फण्डा रच्दै आएका छन् ।

यस्ता गम्भीर आरोपसहित लामिछानेलाई नख्खु कारागारमा राखिनुले कारावासमा पनि राजनीतिक गतिविधि सञ्चालन गर्न सजिलो हुने आशंका गरिएको छ। उनीसँग जोडिएका ठगी काण्डमा संलग्न अन्य अभियुक्तमध्ये केही अदालतमा तारेख धाउँदैछन् भने केही धरौटीमा छुटेका छन्, अर्का केही भने विदेश फरार छन्।

तर हजारौँ बचतकर्ताले आफ्नो पसिनाको कमाइ फिर्ता पाउने कि नपाउने भन्ने मूल प्रश्न भने अझै अनुत्तरित छ।छविलाल जोशीसहितका अन्य अभियुक्तविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको भए पनि पीडितको क्षतिपूर्ति कहिले सुनिश्चित हुने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिन सकेको छैन।

सहकारी घोटालाले प्रभावित परिवारहरू अझै ऋण, घरखर्च र दैनिक जीविकोपार्जनमै संकट खेपिरहेका छन्, तर ठगी नेटवर्कका ‘बडा खेलाडी’ भने राजनीतिको छायाँभित्र कानुनी प्रक्रिया लम्ब्याइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *