देश

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पाटन (ललितपुर)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई कारागार सरुवाका लागि उनले दिएको निवेदन र अदालतको अनुमतिअनुसार आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालका अनुसार उनलाई हवाईमार्गमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार पुर्‍याइएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *