काठमाडौँ ।राप्रपाको काठमाडौं जिल्ला युवा संगठनको अधिवेशन सुरु नहुँदै विवाद चर्किएपछि कार्यक्रम स्थगित भएको छ।
अधिवेशन स्थलमा युवाबीच झडप र नाराबाजी भएपछि अध्यक्ष राजेन्द्र लिङदेनले विवादित विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरे। उनले पार्टी ‘मिसनमा रहेको’ भन्दै यस्ता गतिविधि नगर्न चेतावनी पनि दिए।
तर, नाराबाजी रोक्न नसकेपछि अध्यक्ष लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका छन्।




