देश

रुपन्देही अदालतमा रवि लामिछानेको रिहाइ मागमा बहस, आजै आदेश आउने सम्भावना

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइ माग विषयमा रुपन्देही जिल्ला अदालतमा सोमबार बहस जारी छ। जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार, न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस भइरहेको छ र आजै आदेश आउने सम्भावना छ।

लामिछानेलाई गत चैत २५ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि थुनामा पठाइएको थियो। त्यसअघि उनी रुपन्देही जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका थिए। यसपटक लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम बैंक जमानतका रूपमा बुझाइसकेको दाबी गर्दै रिहाइको माग गरेका छन्। उनका अनुसार, उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको जमानत साउन १९ गते पेश गरेका थिए।

उक्त मितिमा पेशी तोकिए पनि लामिछानेका कानुन व्यवसायीको अनुरोधमा दुई दिनसम्म सुनुवाइ स्थगित भएको थियो। आजको बहसपछि अदालतले आदेश सुनाउने अपेक्षा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *