देश

शिक्षा विधेयक : सिंहदरबारमा छलफल, बबरमहलमा शिक्षक आन्दोलनको रणनीति

काठमाडौं। सिंहदरबारमा विद्यालय शिक्षा विधेयक माथि संसदीय समिति छलफलमा व्यस्त रहँदा, नेपाल शिक्षक महासंघ भने बबरमहलमा बसेर आन्दोलनको अर्को चरणको रणनीति तय गर्दैछ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, सरकारले आफूसँग भएका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन पुनः सुरु गर्ने विषयमा अहिले महासंघभित्र गम्भीर छलफल भइरहेको छ। “हामीले पटक–पटक दबाब दिँदा पनि सरकार कानमा तेल हालेर बसेको छ,” सुवेदीले भने, “अब आन्दोलनको बाटो तय नगरी अर्को विकल्प छैन।”

यसअघि महासंघ र सरकारले वैशाखमा ९ बुँदे सहमति गरेका थिए, जसअनुसार असार १५ भित्र शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो। तर त्यो मिति पार भइसक्दा पनि विधेयक अझै संसदको समितिमा अड्किएको छ।

यता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आजै विधेयकमाथि छलफल चलिरहेको छ। समितिले विधेयक पारित गर्ने उद्देश्यले बैठक बोलाएको हो।

समितिभित्र शिक्षकहरूको आवधिक बढुवा सम्बन्धी विषयमा सहमति जुटिसकेको दाबी गरिएको छ। तर अझै केही महत्वपूर्ण दफा विवादित अवस्थामा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *