देश

लोकतन्त्रको रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लाग्यो: डा शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

आइतबार विराटनगरमा गुँरास पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन् । उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिक संग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे ।

कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उहाले मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *