काठमाडौं । देशकै एक ठूला वाणिज्य बैंकमध्ये एक, एनआईसी एशिया बैंक अहिले गम्भीर वित्तीय संकटतर्फ लम्किँदैछ। कुनै समय ‘आक्रामक विस्तार र अत्याधुनिक बैंकिङ’ को नाममा बजारमा चर्चा बटुलेको यो बैंक अहिले ‘कर्णाली विकास बैंकको दोहोरो कथा’ बन्ने खतरामा छ। पछिल्लो समय ठूला–ठूला बैँक तथा वित्तिय संस्थाहरुले ठूलो मात्रामा कालोबजारी र गैरकानुनी कार्य गरेका घटनाहरु संचारमाध्यमा जताततै सार्वजनिक भइरहेका छन् ।
पछिल्लो समय एनआइसी एसिया बैँकका एकपछि अर्को वित्तीय सूचक खस्कँदै गएका छन्। कर्जा असुली चरम असफलता, लिलामी प्रवृत्तिको बढ्दो मोह, ऋणीप्रति कठोरता र बचतकर्ताबीच विश्वासको संकट बनाउने आधार विगतमा पनि कर्णाली विकास बैंकलाई संकटग्रस्त बनाउने कारक थिए, जुन अहिले एनआईसी एशियामा हुबहु दोहोरिँदै छन्। विगतमा पनि सो बैँकले नागरिकहरुलाई ठग्ने, नागरिकहरुले बचत गरेको रकम हिनामिना गरिदिने र उल्टै बचतकर्तालाई धम्क्याउँदै आएको सो बैँक पुनः डुब्ने अवस्थामा पुगिसकेको छ । अहिले बचारमा एनआइसी एसिया बैँकको नाम लियो भने बचतकर्ताहरुले ठगहरुको बैँकका रुपमा संज्ञा दिन थालेका छन् । यदि सो बैँङले सो गतिविधि नदो¥याएको भए नागरिकहरुले सो कुरा उच्चाहरण समेत गर्ने थिएनन्, तर बारम्बार बैङले सर्बसाधारणलाई पीडामा पारेर गैरकानुनी धन्दामा समेत लाग्न थालेपछि नागरिकहरुको विश्वास गुम्दै गएको छ । ऋणिलाई जानकारी नै नदिई ४० प्रतिशत भन्दा बढि ब्याज बढाईसकेपछि बैंक सिद्दिने खतरामा पुगेको संकेत सो बैँङका म्यानेजरलाई बैङ्कको गतिविधिलाई सुधारर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
२०८१/८२ को तेस्रो त्रैमाससम्म बैंकको नाफा ९० प्रतिशत घटेर १५ करोडमा खुम्चिएको छ — अघिल्लो वर्ष सोही अवधिमा नाफा १ अर्ब ९१ करोड थियो। निष्क्रिय कर्जा ५.७५ प्रतिशतमा पुगेको छ, जसले बैंकको कर्जा व्यवस्थापनमा गम्भीर त्रुटि देखाउँछ। प्रति शेयर आम्दानी घटेर १.४१ रुपैयाँ, लगानी प्रतिफल ०.७१ प्रतिशतमा झरेको छ सोही कारण पनि वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कमजोर प्रदर्शनमा उक्त बैँकको आलोचना हुन थालेको अनुमान गर्न सकिन्छ ।
एनआईसी एशियाले कर्जा असुली गर्न नसक्दा, अब आफ्नो प्राथमिकता लिलामीमा केन्द्रित गरेको देखिन्छ। बैंकले धितो लिलामीका लागि छुट्टै अनलाइन पोर्टल नै निर्माण गरेको छ । सो गतिविधि बैंकिङको समस्या समाधान गर्नेतिर भन्दा पनि कसरी नाफा कमाउन सकिन्छ भन्ने उदेश्यका साथ गरिएको स्रोतले बताएको छ । ऋणीलाई पूर्वसूचना नदिई ब्याजदर वृद्धि, एकपक्षीय सम्झौता, र अपारदर्शी प्रक्रिया जस्ता गतिविधिले ग्राहकहरूमाझ बैंकको छवि झनै बिगारिरहेको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ उल्लंघन गरेको भन्दै चेतावनी दिइसकेको भए पनि ठोस कारबाही आजसम्म भएको छैन। सम्झौता विपरीत ब्याज बढाउने, ऋणीलाई जानकारी नदिने, दस्तावेजहरू अस्पष्ट राख्ने — यी गम्भीर गल्तीका बाबजुद नियामक निकायको मौनता नै अर्को ठूलो प्रश्न बनेको छ। निमायक निकायहरुले समयमा नै सो बैँकको निरिक्षण नगरे बचतकर्ताहरुको बिजोक हुनेछ । त्यतिमात्र होइन्, अन्य लगानीकर्ताहरु र संस्था नै धरापमा पुग्नेछ ।
बैंक अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने नेतृत्वमा बैंकले जथाभावी ऋण प्रवाह, कमजोर जोखिम मूल्याङ्कन, र नियामक बेवास्ता जस्ता बेथितीलाई प्रश्रय दिएको स्पष्ट देखिन्छ। बचतकर्ता र ऋणी दुवै असन्तुष्ट छन् — जुन कुनै पनि बैंकको दीर्घकालीन स्थायित्वका लागि घातक हुन्छ। यदि यथाशीघ्र सुधार भएन भने, एनआईसी एशिया पनि ‘कर्णाली विकास बैंकको उत्तराधिकार’ बन्ने खतरा टड्कारो देखिन्छ।
बैंकका अध्यक्ष तुलसीराम अग्रवालमाथि सुनसरीको दुहबीस्थित जग्गा किर्ते प्रकरणमा संलग्न रहेको गम्भीर आरोप लागेको छ। कित्ता नं. ८, ३२८, ३२९ मा भएको किर्ते कार्यमा अग्रवालले भूमिसुधार कार्यालयका कर्मचारीसँग मिलेमतो गरेर मोहियानी हक मेटाएको प्रमाण सार्वजनिक भएको हो। स्थानीय लक्षम माझी परिवारको मोहियानी अधिकार हडप्न फिल्डबुकमा टिपेक्स प्रयोग गरिएको र किर्ते कागजात अदालतमा पेश गरिएको आरोप छ। सो विषय बारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन नमानेको स्रोतको दाबी छ । 
बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । सीआईबीले उक्त घोटालामा ३ अर्ब २० करोड रुपैयाँ ठगी भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन दिएको थियो । प्रतिवादीमध्ये ४ जना पक्राउ परेका थिए भने ३ जनाको मृत्यु भइसकेको छ । १०४ जना फरार प्रतिवादी फरार रहेको अदालतमा पेस गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ । यदि एनआइसी एसिया बैङकमाथि निमायक निकायले अनुसन्धान नबढाएमा कर्णाली बिकास बैङको मोडलमानजाल भन्न सकिदैन् । त्यसले समयमा नै निमायक निमायक निकायले ध्यान दिन जरुरी छ ।




