देश

लुम्बिनी प्रदेशका नयाँ युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको रूपमा नियुक्त सन्तोषकुमार पाण्डेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पाण्डेले शपथ लिएका हुन्।

शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, अन्य मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

सन्तोष पाण्डेलाई मुख्यमन्त्री आचार्यले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि सो मन्त्रालयको कार्यभार मुख्यमन्त्री आफैंले सम्हाल्दै आएका थिए। नयाँ मन्त्रीको नियुक्तिसँगै लुम्बिनी प्रदेशमा सत्ता सन्तुलनमा फेरबदल देखिएको छ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *